घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
१३ श्रावण २०८२, मंगलवार १०:४२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार स्थिर रहेको सुन आज भने तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९३ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।
यता, चाँदी भने तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला दुई हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।













