लक्ष्मी भ्यालु फण्ड–२ र लक्ष्मी सनराइज ब्लुचिप फण्डको लाभांश घोषणा
१३ श्रावण २०८२, मंगलवार ११:००

काठमाडौं । योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलले लक्ष्मी भ्यालु फण्ड–२ र लक्ष्मी सनराइज ब्लुचिप फण्डको लाभांश घोषणा गरेको छ।
क्यापिटलको हिजो साउन १२ गते बसेको बैठकले लक्ष्मी भ्यालु फण्ड–२ का इकाइधनीका लागि कर सहित १५ प्रतिशत र लक्ष्मी सनराइज ब्लुचिप फण्डका इकाइधनीका लागि कर सहित १९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
यसका साथै क्यापिटलले शुभ लक्ष्मी कोषको पनि कर सहित १६ प्रतिशत लाभांश घोषणा गरेको छ।












