बहादुरसिंह लामाले गुमाए कांग्रेस बागमती संसदीय दलको नेतृत्त्व

१३ श्रावण २०८२, मंगलवार १३:२३

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको पद गुमाएका छन्।

मंगलबार सम्पन्न संसदीय दलको बैठकमा विश्वास प्रस्तावमाथि भएको मत विभाजनमा लामाको पक्षमा मात्र १५ मत खसेको थियो जबकि अविश्वासको पक्षमा २२ मत खसेको थियो। लामाले पर्याप्त समर्थन नपाएपछि दलको नेतृत्त्वबाट बाहिरिएका हुन्।

साउन ९ गते हेटौंडास्थित प्रदेशसभा सचिवालयमा रहेको दलको कार्यालयमा २१ जना बहुमत सांसदले लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

अविश्वास प्रस्तावमा इन्द्रबहादुर बानियाँलाई नयाँ दलको नेता चयन गर्न सिफारिस गरिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*