हिमालयन डिस्टीलरीमा सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

१३ श्रावण २०८२, मंगलवार १५:०७

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३०.४९ अंकले बढेर ३००१ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै हिमालयन डिस्टीलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ६४ करोड ४१ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको हो ।

त्यस्तै, ग्रीन भेन्चर्सको ६३ करोड ८२ लाख रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको ५६ करोड ९२ लाख रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको ५२ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*