जीवन बीमा कम्पनीका सिईओहरु नेपाल बीमा प्राधिकरणमा, अध्यक्ष पोखरेलले निर्देशन दिने

१३ श्रावण २०८२, मंगलवार १८:०२

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपालका सबै जीवन बीमा कम्पनीका सिईओहरुलाई बोलाएर छलफल गरेको छ । अर्को अध्यक्ष नहुँदासम्मको लागि अर्थमन्त्रालयबाट खटाइएका सेवन्तक पोखरेलको बिशेष निर्देशनमा सबै जीवन बीमा कम्पनीका सिईओहरुलाई प्राधिकरणमा बोलाइएको हो ।

बीमा प्राधिकरणमा जीवन बीमाको व्यवसाय, पछिल्लो अवस्था लगायतका बिषयमा छलफल भएको जनाइएको छ । अध्यक्ष सेवन्तक पोखरेलले आवश्यक निर्देशन दिने उद्देश्यले बैठक बोलाइएको बताइएको छ । बैठक हाल जारी छ ।

 

 

One thought on “जीवन बीमा कम्पनीका सिईओहरु नेपाल बीमा प्राधिकरणमा, अध्यक्ष पोखरेलले निर्देशन दिने

  1. सतेनदर पाणडे says:

    पूरानै खेल बनाएका ऐन २०८१ को ९५ किन लागू भएन नैतीकता माथी??

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*