कालिका लघुवित्तको नाफा ३६ प्रतिशत बढ्यो, लाभांश क्षमता कति?

१४ श्रावण २०८२, बुधबार ०८:२०

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको अघिल्लो आवको तुलनामा गत आव खुद नाफा ३६.४२ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीले अघिल्लो आवको असार मसान्तम्म ७ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिम्म १० करोड ८० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो।

कम्पनीको खुद ब्याज आम्दानी २५ करोड ३५ लाख रुपैयाँबाट ५०.२९ प्रतिशतले बढेर ३८ करोड १० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ७ करोड ८७ लाख रुपैयाँबाट ९५.८९ प्रतिशतले बढेर १५ करोड ४२ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी ४० करोड ७६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३५ लाख २४ हजार रुपैयाँ र लाभांश क्षमता (वितरणयोग्य नाफा) ६ करोड १९ लाख रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) २१.२८ रुपैयाँबाट बढेर २६.५१ रुपैयाँ पुग्दा खराब कर्जा पनि ३.७९ प्रतिशतबाट बढेर ४.६७ प्रतिशतमा पुगेको छ। प्रतिशेयर नेटवर्थ १८६.४४ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*