नेपाल रिको सञ्चालकमा महेश बराल नियुक्त
१४ श्रावण २०८२, बुधबार १०:५६

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक पदमा महेश बराल नियुक्त भएका छन्।
अर्थ मन्त्रालयको साउन १२ गतेको अर्थमन्त्रीस्तरीय निर्णयले अर्थ मन्त्रालयका सहसचिव महेश बराललाई कम्पनीको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसै अनुसार बराललाई साउन १३ गतेदेखि नेपाल रिको समूह ‘क’ नेपाल सरकारबार प्रतिनिधित्व गर्ने गरी सञ्चालक पदमा नियुक्ति गरिएको कम्पनीले जानकारी दिएको छ।
1753849499577












