योग्यता छानविन प्रकरणमा परेका शरद ओझाको रिट हेर्न नमिल्ने

१४ श्रावण २०८२, बुधबार १५:४९

काठमाडौं । योग्यता पेश गरेको छानविन प्रकरण निलम्बनमा परेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले आफ्नो पुनर्बहालीको माग गर्दै दायर गरेको रिट हेर्न नमिल्ने इजलासमा परेको छ ।सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलास इजलासमा परेको रिट हेर्न नमिल्नेमा परेको हो ।

शरद ओझाले साउन ८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले सरकारले आफूमाथि गैरकानुनी रूपमा छानबिन समिति गठन गरेको र आफू निलम्बनमा परेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

ओझाले आफ्नो रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, र आफूमाथि छानबिन गर्न गठित छानबिन समितिका अध्यक्ष पूर्वन्यायाधीश कृष्ण गिरी, तथा समितिका सदस्यद्वय जीवन प्रकाश सिटौला र कपिलदेव ओलीलाई विपक्षी बनाएका छन् ।

मन्त्रिपरिषद्को बैठकले ओझाको योग्यतामाथि छानबिन गर्न समिति गठन गरेसँगै उनी निलम्बनमा परेका हुन् ।सरकारले पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा उक्त छानबिन समिति गठन गरेको हो । ओझामाथि योग्यताबारे फर्जी कागजात पेश गरेर अध्यक्ष नियुक्त भएको आरोप लाग्दै आएको छ ।

सरकारले अर्को व्यवस्था नहुँदासम्मको लागि अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ ।

ओझाको मुद्दाको अर्को पेशी यही साउन १८ गतेका लागि तोकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*