१० दिनपछि हिरासत मुक्त भए लगानीकर्ता दीपेन्द्र अग्रवाल

१४ श्रावण २०८२, बुधबार १८:०५

काठमाडौँ । लगानीकर्ता दीपेन्द्र अग्रवाल १० दिनपछि हिरासत मुक्त भएका छन् । प्रहरीको अनुसन्धानपछि जिल्ला अदालत काठमाडौँले उनलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको हो।

उनलाई ठगी र विश्वासघात कसुरमा साउन ५ गते पक्राउ गरिएको थियो । आवश्यक अनुसन्धानपछि अदालतको आदेशअनुसार उनलाई सर्तसहित रिहा गरिएको हो।

रिहा भएपनि उनीमाथि प्रहरीले अनुसन्धान जारी राख्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*