बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
१४ श्रावण २०८२, बुधबार १८:३५

काठमाडौं । बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा बानियाँ २२ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी मुख्यमन्त्री बहादुरसिंह लामाले १४ मत ल्याएका छन् । एक मत बदर भएको छ ।
यसअघि, ०७९ पुस १३ मा भएको संसदीय दलको चुनावमा लामासँग बानियाँ पराजित भएका थिए । त्यतिबेला लामाले २१ मत ल्याएका थिए । बानियाँले १६ मत ल्याएका थिए ।
बागमतीमा कांग्रेसका ३७ सांसद छन् । कम्तीमा १९ मत ल्याउँदा बहुमत पुग्छ ।













