महालक्ष्मी विकास बैंकले पुरानो लाभांश लिन बोलायो शेयरधनी

१६ श्रावण २०८२, शुक्रबार ०८:४०

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले पुरानो लाभांश लिन बाँकी शेयरधनीलाई बोलाएको छ।

साविक मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स, सिद्धार्थ फाइनान्स मर्ज भएर महालक्ष्मी विकास बैंक र साविक भ्याली फाइनान्स, यती फाइनान्स, मनकामना डेभलपमेन्ट बैंक मर्ज भएर यती डेभलपमेन्ट बैंक बनेको थियो।

पछि सोही महालक्ष्मी विकास बैंक र यती डेभलपमेन्ट बैंक पनि आपसमा मर्ज भएर महालक्ष्मी विकास बैंक बनेको थियो। अहिले बैंकले साविकका कम्पनी सहित यस बैंकको विभिन्न साधारणसभाले पारित गरेको लाभांश लिन बाँकी शेयरधनीलाई बोलाएको हो।

बैंकले त्यस्ता शेयरधनीलाई बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर, नक्सालमा सम्पर्क गरी लाभांश लिन बोलाएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*