मन्दाकिनी हाइड्रोपावरको लकइन आजबाट सकिंदै

१६ श्रावण २०८२, शुक्रबार ०९:४२

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको ४८ लाख ४५ हजार २१७ कित्ता शेयरको लकइन अवधि आज साउन १६ गते सकिंदैछ। आजबाट कम्पनीको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीको शेयरको लकइन अवधि सकिने भएको हो।

कम्पनीको संस्थापकको ४१ लाख ७० हजार ५९७ कित्ता, स्थानीय बासिन्दाको ६ लाख ४८ हजार ७६२ कित्ता र कर्मचारीको २५ हजार ८५८ कित्ता शेयर लकइनमा छ।

कम्पनीले आईपीओ निष्कासन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको दिनदेखि संस्थापक, स्थानीय र कर्मचारीको शेयर ३ वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान छ। यस कम्पनीले २०७९ साउन १७ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको थियो।

आज लकइन अवधि सकिने भएसँगै आइतबारबाट उक्त शेयर कारोबार गर्न सकिनेछ। तर कम्पनीका संस्थापक र उच्च तहका कर्मचारीले भने कारोबार गर्न नपाउने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*