गरिमा समृद्धि योजनाको लाभांश घोषणा, बुक क्लोज कहिले ?
१६ श्रावण २०८२, शुक्रबार १०:२३

काठमाडौँ । गरिमा समृद्धि योजनाको लाभांश घोषणा गरिएको छ । गरिमा म्युचुअल फण्डअन्तर्गत गरिमा क्यापिटल योजना व्यवस्थापक तथा गरिमा विकास बैंक कोष प्रवद्र्धक रही सञ्चालनमा रहेको उक्त योजनाको लाभांश घोषणा भएको हो ।
साउन १५ गते बसेको गरिमा क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको हो । उक्त बैठकले योजनाका इकाईधनीहरुलाई ५.१० प्रतिशत (करसहित) का दरले लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त लाभांश वितरण प्रयोजनका लागि साउन २७ गते बुक क्लोज गर्ने निर्णय समेत भएको छ ।












