स्वस्तिक लघुवित्तको पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न

१६ श्रावण २०८२, शुक्रबार १०:३२

काठमाडौं । स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको पहिलो चरको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । शुक्रबार बिहान बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आईपीओ बाँडफाँड सम्पन्न गरेको हो ।

पहिलो चरणको आईपीओमा ६७ हजार ३ सय २९ जनाले १० लाख ३७ हजार १ सय ३० कित्ताको लागि आवेदन परेको थियो । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँड गरेको हो । जसमा गोलाप्रथाबाट २ हजार ३ सय १० जनाले १० कित्ताको दरले शेयर पाएका छन्। आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ।

कम्पनीले पहिलो चरणमा २३ हजार १ सय कित्ता शेयर निष्काशन गरेको थियो। यो आईपीओ बाँडफाँड भएपछि अब कम्पनीले आम सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*