आत्मनिर्भर लघुवित्तको नाफामा उछाल, खराब कर्जा भने अझै उच्च

१६ श्रावण २०८२, शुक्रबार १२:४४

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) मा उच्च नाफा कमाउन सफल भएको छ। अघिल्लो आवको असार मसान्तसम्म कम्पनीले १ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिसम्म २१८.६४ प्रतिशतले बढेर ४ करोड ४७ लाख रुपैयाँ पुगेको छ।

यद्यपि कम्पनीको खराब कर्जा (एनपीएल) भने अझै उच्च रहेको छ। अघिल्लो वर्ष कम्पनीको एनपीएल १३.२२ प्रतिशत रहेकोमा गत वर्ष केही घटेर १२.८० प्रतिशतमा झरेको छ जुन अझैपनि निकै उच्च हो।

गत वर्ष कम्पनीको आम्दानी पनि बढेको वित्तीय विवरणले देखाएको छ। खुद ब्याज आम्दानी १२ करोड ३८ लाख रुपैयाँबाट बढेर १३ करोड ५७ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १४ करोड २२ लाख रुपैयाँबाट बढेर करीब १५ करोड १८ लाख रुपैयाँ पुगेको छ।

अघिल्लो वर्ष कम्पनीले ८ करोड ६० लाख रुपैयाँ सञ्चालन घाटा बेहोरेकोमा गत वर्ष भने करीब ५ करोड रुपैयाँ सञ्चालन नाफा कमाउन सफल भएको छ। कम्पनीले अघिल्लो वर्ष आफ्ना कर्मचारीमा ४ करोड ७ लाख रुपैयाँ खर्चिएकोमा गत वर्ष ४ करोड ५४ लाख रुपैयाँ खर्चिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

चुक्ता पूँजी ७ करोड ८३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २२ करोड ३१ लाख सञ्चिति रहेको छ। कम्पनीले करीब १० करोड सापटी लिएर १ अर्ब ५५ करोड कर्जा लगानी गरी ९८ करोड निक्षेप संकलन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*