झापा इनर्जीको आईपीओमा वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि बिक्री गरिरहेको पहिलो चरणको आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएकोमा पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ५७ हजार २९ कित्ता र आयोजना प्रभावितलाई ३ लाख ८० हजार १९० कित्ता आईपीओ निष्कासन गरिरहेको छ।
जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिने आज अन्तिम दिन हो। यसमा मागभन्दा बढी आवेदन परिसकेकाले आज साँझ ५ बजेपछि आवेदन लिने काम बन्द गरिने कम्पनीले जनाएको छ। आयोजना प्रभावितले भने साउन २८ गतेसम्म आवेदन दिन सक्नेछन्।
यसमा आवेदन दिंदा घटीमा १० कित्ता र बढीमा ५ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। यसर्थ यो आईपीओ भर्न कम्तीमा १ हजार रुपैयाँ र बढीमा ५ लाख रुपैयाँ लाग्नेछ।












