महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच बैंकिङ्ग सेवा विस्तारको लागि सम्झौता

१८ श्रावण २०८२, आईतवार ११:३४

काठमाडौं । महालक्ष्मी विकास बैंक र भारतको एचडीएफसी बैंकबीच सीमा–पार वित्तीय सेवालाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्य गर्न समझदारी भएको छ।

समझदारी अन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहका लागि भारतबाट नेपालमा भुक्तानी गर्ने मिल्ने प्रणालीे सञ्चालनमा ल्याएको हो। दुवै बैंकले सम्पुर्ण प्रक्रियागत कार्य गरी परिक्षण कारोबार समेत गरिसकेका छन्।

यस अन्तर्गत महालक्ष्मी विकास बैंकको एचडीएफसी बैंकले प्रयोग गर्दै आइरहेको अत्याधुनिक क्यास म्यानेजमेन्ट सेवा अन्तर्गत सिएमएस चेक कलेक्सन र इलेक्ट्रोनिक क्यास म्यानेजमेन्ट सेवामा पहुँच प्राप्त हुनेछ।

यसले कुनै पनि व्यक्ति वा संस्थाले भारतबाट विभिन्न इलेक्ट्रोनिक माध्यमहरु जस्तै नेशनल इलेक्ट्रोनिक फण्ड ट्रान्सफर, रियल टाईम ग्रस सेटलमेन्ट र फण्ड ट्रान्सफर को प्रयोग गरी भारतको एचडीएफसी बैंक मार्फत नेपालमा रहेको महालक्ष्मी विकास बैंकको खातामा सिधै रकम जम्मा गर्न सक्नेछन्।

साथै भारतमा रहेका अन्य बैंकहरुको चेक जम्मा गरेर समेत नेपाल पैसा पठाउन सकिनेछ। एचडीएफसी बैंकसँगको सम्झौतासँगै नेपाल र भारतबीचको बैंकिङ्ग सम्बन्धलाई थप मजबुत बनाउन तथा सीमा–पार व्यापार र रेमिटयान्समा संलग्न ग्राहकलाई सहज, प्रभावकारी र प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्न सहज हुने विश्वास बैंकले लिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*