शेयर बजारमा पहिरो, ६५ अंकले घटेर २८ सयको बिन्दुमा कायम

१८ श्रावण २०८२, आईतवार १५:०६

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा भारी अंकले गिराव आएको छ । आज नेप्से परिसूचक ६५.२० अंकले घटेर २८५७ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै कारोबार रकम पछि घटेको छ । आज विभिन्न सेक्टरका ३१९ वटा कम्पनीको तीन करोड २२ लाख ६० हजार कित्ता शेयर खरिद–बिक्री भएर १३ अर्ब सात करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

शेयर बजार राताम्मे बनेको छ । आइतबार सबै उपसूचकहरुमा पनि भारी गिरावट आएको छ । आज कुल २३३ वटा कम्पनीको शेयरमूल्य राताम्मे बनेका छन् ।

नेपार पुनर्बीमा र हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ भने, दुई वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*