पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, यी १० वटाकोे सर्वाधिक कारोबार
१८ श्रावण २०८२, आईतवार १५:१६

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा भारी अंकले गिराव आएको छ । आज नेप्से परिसूचक ६५.२० अंकले घटेर २८५७ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि पुनर्बीमा कम्पनीहरुको सर्वाधिक कारोबार भएको छ । आज नेपाल पुनर्बीमा कम्पनीको ७५ करोड ३९ लाख रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको ७१ करोड ५५ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।
त्यस्तै, हिमालयन डिस्टीलरीको ५८ करोड ८२ लाख रुपैयाँ, शिवम् सिमेन्टको ५५ करोड दुई लाख रुपैयाँ, ङादी ग्रुप पावरको ४२ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।













