ट्रेड टावर र शिवश्री हाइड्रोपावरमा सर्किट
१८ श्रावण २०८२, आईतवार १५:१६

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा भारी अंकले गिराव आएको छ । आज कारोबार भएका दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आइतबार ट्रेड टावर शिवश्री हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक मुनाफा आर्जन गरेका छन् ।
त्यस्तै, थ्री स्टार हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, मध्य भोटेकाशी जलविद्युत कम्पनी लगायतको शेयरमूल्यमा बृद्धि भएको छ ।













