निलम्बित अध्यक्ष शरद ओझाको मुद्दा हेर्न नभ्याइनेमा

१८ श्रावण २०८२, आईतवार १५:४३

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले गत असार ३० गते सरकारले गरेको निलम्बनका विरुद्धमा सर्वोच्च अदालतमा दायर गरेको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ । रिट सर्वोच्च अदाचलतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा परेको थियो । उक्त रिट आज पनि हेर्न नभ्याइनेमा परेको हो ।

ओझामाथि फर्जीं र झुठो कागजात तयार पारी मन्त्रिपरिषदमा पेश गरेर बीमा प्राधिकरणको नियुक्ति खाएको आरोप लाग्दै आएको छ । सो सम्बन्धमा सर्वोच्च अदालतमै समेत अर्काे मुद्दा विचाराधीन अवस्थामा छ ।

ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, अर्थ मन्त्रालय र छानबिन समितिविरुद्ध संयुक्त रिट दायर गरेका छन्। छानबिन समितिका अध्यक्ष कृष्ण गिरी र सदस्यद्वय जीवन प्रकाश सिटौला र कपिलदेव ओलीलाई समेत विपक्षी बनाएर उनले मुद्दा हालेका हुन् ।

आइतबार हेर्न नभ्याइनेमा परेको अध्यक्ष ओझाको मुद्दाको पेशी भोलि साउन १९ गतेको लागि तोकीएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*