खराब मौसमका कारण आधा दर्जन जहाज आकाशमै फन्का मार्दै
१८ श्रावण २०८२, आईतवार १६:४५

काठमाडौँ । काठमाडौँ उपत्यकामा भइरहेको निरन्तर भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणमा समस्या भएको छ। मौसम अत्यन्तै खराब भएसँगै भिजिबिलिटी (दृश्यता) कमजोर हुँदा आन्तरिक तथा बाह्य उडानका जहाजहरू आकाशमै फन्का मारीरहेका छन्।
लगातार भइरहेको वर्षाले काठमाडौँको आकाश धमिलो बनेको छ। हाल आधा दर्जनभन्दा बढी जहाजहरू काठमाडौँको आकाशमा होल्ड गर्दै फन्का मारीरहेका छन्।















