प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ ।
बैठकमा राष्ट्रपति कार्यालयबाट ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता भएको औपचारिक जानकारी गराउने लगायतका सम्भावित कार्यसूची छन् ।
राष्ट्रपति पौडेलले प्रथम दृष्टिमै संविधानको भावना र मर्म एवम् विश्वव्यापी लोकतान्त्रिक अभ्यास र मान्यता प्रतिकूल हुने गरी विधेयक तयार पारिएको भन्दै पुनर्विचारका लागि यही साउन ८ गते फिर्ता गर्ने निर्णय गरेका थिए ।
यसैगरी आजको बैठकमा लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखित सुझावहरु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।













