‘नेपाल लाइफ लिडरसिप एक्सिलेन्स अवार्ड २०२५’ भव्यताका साथ सम्पन्न

टप थ्रीले पाए साढे दुई लाखदेखि ७५ हजार रुपैयाँसम्म नगद सम्मान
१९ श्रावण २०८२, सोमबार ११:२३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘नेपाल लाइफ लिडरसिप एक्सिलेन्स अवार्ड २०२५’कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कम्पनीले साउन १६ गतेदेखि सुरु गरेको कार्यक्रम १८ काठमाडौंको सोल्टी होटलमा भव्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन कम्पनीका सिईओ अधिकृत प्रविण रमण पराजुलीले उद्घाटन गरेका थिए । नेशनल सेल्स हेड उमापती पोखरेलका साथै सिइओ पराजुलीले विगका दिनमा कम्पनीले हासिल गरेका उपलब्धीका विषयमा समिक्षा गरेका थिए ।

उनीहरुले विगतको व्यवसायलाई समिक्षा गर्दै चालु आर्थिक वर्षमा कम्पनीले लिएका रणनीतिका विषयमा पनि जानकारी गराएका थिए । कार्यक्रममा उत्कृष्ट तीनलाई नगद सहित ट्रफी सहित सम्मान गरिएको थियो । साथै विभिन्न विधामा उत्ृकष्ट कारोबार गरेका एजेन्सी म्यानेन्जर र अभिकर्ताहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा नेपाल लाइफका देशैभरबाट उत्कृष्ट बीमा व्यवसाय गर्दै आएका चार सय ४० जना अभिकर्ताहरु उपस्थित रहेका थिए । कार्यक्रममा सहभागि अभिकर्ताहरुले तीन दिनसम्म नाचगानसहित सम्मान लिर्दै रमाइलो तरिकाले खुशियाली मनाएका छन् ।

अभिकर्ताहरुमध्ये धनगढीका मदन भट्टले यो बर्ष पनि नेपाल लाइफबाट उत्कृष्ट कारोबार गर्ने उत्कृष्ट अभिकर्ता बनेको कारण उनलाई बिशेष सम्मान गरिएको छ । भट्टले चौथो पटक नेपाल लाइफमा नेपालभरको अभिकर्ताको उपाधि हात पार्न सफल भएका हुन्।

दोस्रो नम्बरमा रहेका झापा विर्तामोडका जंग बहादुर राजवंशीले तीन करोड रुपैयाँको उत्कृष्ट कारोबार गर्न सफल भएका थिए । त्यस्तै, धनगढीकै मिन बहादुर कुवरले तीन करोडको कारोबार गरी तेस्रो स्थान हासिल गरेका थिए । उत्कृष्ट तीनलाई कम्पनीले नगद सहित सम्मान गरेको छ ।


गत आवमा प्रथम स्थान हासिल गर्नेलाई २ लाख ५१ हजार, दोस्रो हुनेलाई एक लाख ३५ हजार तृतिय हुनेलाई ७५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । कम्पनीले विभिन्न क्याटागोरीमा अवार्ड पाउनेलाई पुरस्कित गरिएको हो ।

कार्यक्रममा सहभागीहरु मध्ये उत्कृष्ट अभिकर्ता र पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गणेश अधिकारीले आफनो मनतव्य राखेका थिए । कार्यक्रमको तेस्रो दिनमा भने सहभागीहरुमा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो ।

कम्पनीका सिईओले प्रविण रमण पराजुलीले आगामी बर्षको कार्ययोजना सहित नयाँ आर्थिक बर्षको शुभकामना सहित कार्यक्रम समापन गरेका थिए । कार्यक्रममा चर्चित हास्य कलाकार सन्दिप क्षेत्रीको पनि प्रस्तुती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*