महाकालीमा पानीको बहाब बढ्यो, शारदा ब्यारेजमा चारपांग्रे गाडीलाई रोक

१९ श्रावण २०८२, सोमबार १२:१८

काठमाडौं । कञ्चनपुरको महाकाली नदीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपांग्रे गाडीलाई रोक लगाइएको छ।

लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपांग्रे गाडीलाई आवतजावत गर्न रोक लगाइएको हो।

सामान्यतया महाकालीमा पानीको बहाब एक लाख क्यूसेक पुगेपछि चारप्रांग्रे गाडीलाई आवतजावतमा रोक लगाइने गरिन्छ। अहिले महाकालीमा पानीको बहाबले एक लाख क्यूसेक नाघेकाले चारपांग्रे गाडीलाई रोक लगाइएको हो।

कोशी ब्यारेजमा पनि पानीको बहाब बढेसँगै दुई दर्जनभन्दा बढी ढोका खोलिएको छ भने सतर्क रहन रातो बत्ती बालिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*