नेपाल एसबिआई बैंक ‘सीएफआई’ र ‘एबीएफ’ बाट सम्मानित

१९ श्रावण २०८२, सोमबार १३:०८

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड क्यापिटल फाइनान्स इन्टरनेशनल (सीएफआई) लण्डन र एशियन बैंकिंग एण्ड फाइनान्स (एबीएफ) बाट सम्मानित भएको छ।

बैंक सीएफआईबाट ‘च्याम्पियन इन मोडर्न बैंकिंग इनोभेसन नेपाल, २०२५’ र एबीएफबाट होलसेल बैंकिंग अवार्ड, २०२५ अन्तर्गत ‘नेपाल डोमेस्टिक डिजिटल ट्रान्सफर्मेशन बैंक अफ द इयर’, ‘नेपाल डोमेस्टिक टेक्नोलोजि एण्ड अपरेसन्स बैंक अफ द इयर’ बाट सम्मानित भएको हो।

त्यसैगरी एबीएफकै रिटेल बैंकिंग अवार्ड, २०२५ अन्तर्गत ‘डिजिटल बिजनेश बैंकिंग इनिसियटिभ अफ द इयर–नेपाल’ र ‘एसएमई बैंक अफ द इयर–नेपाल’ समेत गरी कुल पाँच वटा अवार्डबाट सम्मानित भएको हो।

यी अवार्डहरूले बैंकले दिइरहेको होलसेल तथा रिटेल बैंकिंग सेवामा डिजिटल रूपान्तरण, उत्कृष्टता र नवप्रवर्तनप्रति बैंकको अटल प्रतिवद्धतालाई जोड दिने बैंकले जानकारी दिएको छ।

नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिंग सेवा दिंदै आइरहेको छ। हाल बैंकको १०१ शाखा कार्यालय, २२ एक्सटेन्सन काउन्टर, २० शाखारहित बैंकिंग, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र एक कर्पाेरेट कार्यालय सञ्चालनमा रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*