क्रिप्टो करेन्सीमार्फत् ७८ लाख रुपैयाँ कारोबार गरेको आरोपमा एक युवक पक्राउ

१९ श्रावण २०८२, सोमबार १३:३९

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) मार्फत् ७८ लाख रुपैयाँ कारोबार गरेको आरोपमा २१ वर्षीय युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडास्थित चिसापानी स्थायी घर भई हाल भक्तपुरको कौशलटारमा बस्ने २१ वर्षका सुशान्त दाहाल रहेका छन्। उनलाई साउन १७ गते साँझ करीब ६ बजे काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो।

उनले क्रिप्टो करेन्सीमार्फत् ७८ लाख ३० हजार ३८८ नेपाली रुपैयाँभन्दा बढीको कारोबार गरेको प्रहरीले जानकारी दिएको छ। उनको साथबाट प्रहरीले एक थान मोबाइल फोन र २ वटा सिम कार्ड बरामद गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*