बैंकिङ् ठगी मुद्दामा माओवादी नेता शिवकुमार साह तेली पक्राउ

१९ श्रावण २०८२, सोमबार १४:०८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता शिवकुमार साह तेली बैंकिङ् अपराध अभियोगमा पक्राउ परेका छन्। पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–६ लखनपुर निवासी तेलीलाई वीरगञ्जको श्रीपुर क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीमाथि क्रान्ति गुप्तासहित दुई व्यक्तिले बैंकिङ् ठगीसम्बन्धी उजुरी दर्ता गराएका थिए। उजुरीकर्ताहरूले आफूहरूलाई आर्थिक क्षति पु¥याउने उद्देश्यले तेलीले खातामा रकम नभएको अवस्थामा १० लाख र ६ लाख रुपैयाँका दुई वटा चेक प्रदान गरेको आरोप लगाएका छन्। ती चेकहरू अस्वीकृत (बाउन्स) भएपछि पीडितहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। सोहीसन्दर्भमा जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद अनुमति लिइएको प्रहरी स्रोतले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*