ऋण तिरिसकेका ऋणीलाई पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले राख्यो कालोसूचीमा

१९ श्रावण २०८२, सोमबार १७:३७

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनएमआइबी) ले ऋण तिरिसकेका ऋणीलाई पनि १२ दिन कालोसूचीमा राखेको पाइएको छ।

स्याङ्जाको वालिङ शाखाबाट ऋण लिएका व्यवसायी दीपक श्रेष्ठलाई ऋण तिर्दा पनि बैंकले कालोसूचीमा राखेर तनाव दिएको खुलेको हो ।

वालिङ् ९ मा आँधीखोला मार्ट सञ्चालन गर्दै आएका व्यवसायी श्रेष्ठलाई बैंकले २०८२ असार २९ गते कर्जा सूचना केन्द्रमा कालोसूचीमा राख्न सूचना पठाएको हो ।

श्रेष्ठलाई बैंकको लापरवाहीका कारण साउन ४ गते कालोसूचीमा राखेको थियो भने साउन १६ गते कालोसूचीबाट हटाइसकेको छ ।

ऋण तिर्दा पनि कालोसूचीमा राखेको र कर्जा सूचना केन्द्रमा तीन पुस्ते नाम बसिरहने भएकोले ऋण चुक्ता गरिसकेका ऋणीले माग गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*