माछापुच्छ्रे बैंकको नाफामा ९२ %को उछालः अधिकांश सूचकमा लोभलाग्दो प्रगति, कुन कति मजबूत ?

२० श्रावण २०८२, मंगलवार १०:४३

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीले अधिकांश सूचकमा उल्लेख्य सफलता हासिर गरेको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२.४५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको असार समान्तसम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेर ५ अर्ब ७५ करोड ६७ लाख १६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा भने कम्पनीको उक्त आम्दानी ४ अर्ब ९८ करोड ८१ लाख रुपैयाँ रहेको थियो ।

यता, कम्पनीको खुद फि तथा कमिशन आम्दानी १८.१६ प्रतिशतले बढेर १ अर्ब २८ करोड ५१ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा सञ्चालन मुनाफा १ अर्ब ६६ करोड ५८ लाख रुपैयाँबाट बढेर ३ अर्ब ३३ करोड २ लाख रुपैयाँ पुगेको छ । यसअवधिमा सञ्चालन मुनाफामा ९९.९१ प्रतिशतको वृद्धि देखिएको छ ।

गत आर्थिक वर्षमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ३९ करोड रुपैयाँबाट घटेर ३५ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, कम्पनीको चुक्तापूँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ र जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित रहेको छ ।

असार मसान्तसम्मको हेर्दा कम्पनीको नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३१ पैसाबाट बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ ।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ । सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा रहेको छ। यता, खराब कर्जा समेत घटेर ३.८३ प्रतिशतमा आइपुगेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १८ खर्ब ४१ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ खर्ब १६ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*