उपकार लघुवित्त वित्तीय सूचकमा मजबुद बन्दै, नोक्सानी चिरेर नाफा आर्जन गर्न सफल

२० श्रावण २०८२, मंगलवार १०:५८

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा नोक्सानीमा रहेको यस लघुवित्त, गत आर्थिक वर्षको सोही अवधिसम्ममा नाफामा पुगेको छ।

समीक्षा अवधिमा लघुवित्तले तीन करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्त ३ करोड ५१ लाख रुपैयाँ नोक्सानीमा थियो। सम्भावित जोखिम बापतको व्यवस्थामा रकम घटेका कारण लघुवित्त नाफामा पुगेको हो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १६.८२ प्रतिशत बढेको भने अन्य सञ्चालन आम्दानी १०५.४४ प्रतिशत र कुल सञ्चालन आम्दानी २२.८१ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्षमा ६ करोड ३९ रुपैयाँ सम्भावित जोखम बापतको व्यवस्थामा छुट्याएको यस लघुवित्तले गत आर्थिक वर्षमा १ करोड ८ लाख रुपैयाँ मात्र छुट्याएको छ। सोही कारण लघुवित्त नाफामा पुगेको हो।

असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ २६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ ९६ पैसा र मूल्य आम्दानी अनुपात १०५.०७ गुणा रहेका छ।

१० करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ७ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यस्म्ममा लघुवित्तले ९२ करोड ३६ लाख रुपैयाँ निक्षेप तथा १ अर्ब ४० करोड २७ लाख रुपैयाँ सापटीबाट २ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*