तेह्रथुम पावरको ४ लाखबढी कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा, कहाँबाट कसरी आवेदन दिने ?

२० श्रावण २०८२, मंगलवार ११:०९

काठमाडौं। तेह्रथुम पावर कम्पनी लिमिटेडले करिब ४ लाख कित्ता बढी अवितरित हकप्रद शेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत असार १६ गतेदेखि साउन ११ गतेसम्म १ः१ अनुपातमा निष्काशन गरेको हकप्रदमा आवेदन नपरेको सर्वसाधारण समूहको ४ लाख १८ हजार ७३८ कित्ता शेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।

कम्पनीले यही साउन २७ गतेदेखि उक्त सेयरको बिक्री आवेदन खुलाउने भएको छ । यो शेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ, नबिल बैंकको शाखा कार्यालयहरु, विर्तामोड,विराटनगर, जनकपुर,विरगञ्ज,हेटौडा, जावलाखेल, सूर्यविनायक, पोखराु बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट आवेदन पेश गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*