नाडा प्रदर्शनी व्यवसायीहरूको चाँड हो, यो वर्ष भिन्न र आकर्षक हुन्छः चौधरी

२० श्रावण २०८२, मंगलवार १२:४६

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले नाडा अब छुट्टै युगमा प्रवेश गर्दै स्वर्णयुग मनाउने तयारीमा रहेको बताएका छन्।

आउदो भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंमा सञ्चालन हुने नाडा अटो शो २०२५ को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले अटो शोलाई केवल प्रदर्शनी मात्र नभई ‘अटो क्षेत्रको चाड’ को रुपमा विकास गरिएको बताएका हुन्।

उनका अनुसार ५० वर्षे यात्रा पूरा गरिसकेको नाडाले अब निकै ठूलो फड्को मारेको छ। ‘नाडा प्रदर्शनी होइन, अटो व्यवसायीहरूले हर्ष र उल्लासका साथ मनाउने चाड हो’ अध्यक्ष चौधरीले भने, ‘अटो शोमार्फत अटो क्षेत्रको महत्व र मूल्याङ्कन हुनेछ, जसले नेपाललाई छिट्टै उचाइमा पुर्‍याउनेछ।’

अध्यक्ष चौधरीका अनुसार यो वर्षको अटो शो अरु वर्षको तुलनामा पूर्णतः फरक र भिन्न हुनेछ। उनले अटो शोमा मोबिलिटी क्षेत्रको सुधार, अबको आवश्यकता र नेपालको अटो उद्योगको भविष्यबारे व्यापक छलफल हुने पनि स्पष्ट पारे।

मोबिलिटी क्षेत्र विकासमा नेपालले नसोचेको ग्रोथ गरेको उनले बताए । अध्यक्ष चौधरीले भने, ‘अबको अटो शोमार्फत अटोको भविष्य के हो भन्ने कुरा देखाउनेछौं। हामीले नाडा अटो शो नेपालकै चाडपर्वको जस्तै बनाउने लक्ष्य राखेका छौं।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*