डिशहोमले ल्यायो भर्चुअल प्रिभिलेज कार्ड, होटल-रेस्टुरेन्टदेखि केबलकारसम्म छुट

२० श्रावण २०८२, मंगलवार १५:३४

काठमाडौं । डिशहोमले आफ्ना सक्रिय ग्राहकहरूका लागि ‘नेपालकै पहिलो भर्चुअल प्रिभिलेज कार्ड’ सार्वजनिक गरेको छ। डिशहोमका अनुसार, यो कार्ड प्रयोगकर्ताहरूले देशभरका विभिन्न प्रतिष्ठित होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डहरूमा २५ प्रतिशतसम्मको छुट पाउनेछन्।

डिशहोमका सक्रिय ग्राहकहरूले ‘माइ डिशहोम एप’ डाउनलोड गरी प्राप्त गर्ने यो कार्डमार्फत छुट पाउन सक्नेछन्। सुरुमा १० उत्कृष्ट ब्रान्डका ३५ भन्दा बढी आउटलेटहरू यस नेटवर्कमा आबद्ध भइसकेका छन्।

डिशहोमका सीईओ तारा मानन्धरले भने, ‘भर्चुअल प्रिभिलेज कार्डमार्फत, डिशहोमले इन्टरनेट र टेलिभिजन सेवाको अतिरिक्त ग्राहकहरूको जीवनशैलीमा अर्थपूर्ण योगदान पुर्‍याउने प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ।’

प्रारम्भिक चरणमा सहभागी ब्रान्ड तथा आउटलेटहरूमा बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन, मेलुङ ठकाली, साकी एण्ड फेङ रेस्टुरेन्ट, अचार घर, होटल ले हिमालय (काठमाडौं), लेक साइड रिट्रिट (पोखरा), इला कम्फर्ट होटल्स एण्ड रिसोर्ट्स (हरकपुर, मौलाकाली, बाग्लुङ) र सिद्धार्थ हस्पिटालिटी ग्रुपका विभिन्न होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेहरू रहेका छन्। सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरू महेन्द्रनगर, सुर्खेत, चिसापानी, भैरहवा, सौराहा, चुम्लिङटार, बौद्ध, नेपालगञ्ज, बिर्तामोड, नारायणगढ, बुटवल, टिकापुर, सुन्धारा, नुवाकोट, दमौली, टिंकुने, ललितपुर, पुरानो बानेश्वर, धोम्बोजी, मनमोहन र महाराजगञ्जमा रहेका छन्।

यस्तै, लुम्बिनी केबलकार (बुटवल) र मौलाकाली केबलकार (गैडाकोट, चितवन) मा समेत डिशहोम प्रिभिलेज कार्ड लागू हुने बताइएको छ।

डिशहोमले आगामी महिनाहरूमा यो नेटवर्कलाई विस्तार गर्दै १०० भन्दा बढी ब्रान्डहरू समावेश गर्ने योजना सार्वजनिक गरेको छ। यससँगै ग्राहकहरूले थप विस्तृत सेवा र छुटको लाभ लिन सक्नेछन्।

डिशहोम ग्राहकहरूले माइ डिशहोम एप गुगल प्ले स्टोर वा एप्पल एप स्टोरबाट डाउनलोड गरी आफ्नो भर्चुअल प्रिभिलेज कार्ड प्राप्त गर्न सक्नेछन् र त्यसलाई साझेदार आउटलेटहरूमा देखाएर छुट पाउन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*