फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको आम्दानी खुम्चिएसँगै नाफा घट्यो

२१ श्रावण २०८२, बुधबार ०८:१४

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ।

उक्त विवरण अनुसार कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म १४ करोड ६ लाख रुपैयाँ नाफा कमाएकोमा गत आवको सोही अवधिसम्म ६.३४ प्रतिशतले घटेर १३ करोड १७ लाख रुपैयाँमा झरेको छ।

त्यसैगरी खुद ब्याज आम्दानी ३१ करोड ५ लाख रुपैयाँबाट ३१.८१ प्रतिशतले घटेर २१ करोड १७ लाख रुपैयाँमा झरेको छ भने खुद सञ्चालन आम्दानी पनि २८ करोड ४ लाख रुपैयाँबाट ६.३२ प्रतिशतले घटेर २६ करोड २७ लाख रुपैयाँमा झरेको छ।

अघिल्लो वर्ष कम्पनीले २१ करोड ४४ लाख रुपैयाँ सञ्चामल नाफा कमाएकोमा गत वर्ष ११ प्रतिशतले घटेर १९ करोड ८ लाख रुपैयाँमा झरेको छ। यसरी कम्पनीको आम्दानी खुम्चिएपछि नाफामा दबाब परेको हो।

चुक्ता पूँजी १ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ३१ करोड २४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष करीब १२ करोड रुपैयाँ लाभांश क्षमता (वितरणयोग्य नाफा) रहेकोमा गत वर्ष १० प्रतिशतले घटेर १० करोड ७८ लाख रुपैयाँमा झरेको छ।

अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ११.४० रुपैयाँ रहेकोमा गत वर्ष घटेर ९.७९ रुपैयाँमा झरेको छ। यता खराब कर्जा (एनपीएल) भने ३.१६ प्रतिशतबाट बढेर ३.८४ प्रतिशत कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १३१.२५ रुपैयाँ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*