बलेफी हाइड्रोपावरले १ः१ अनुपातमा हकप्रद शेयर ल्याउने

२१ श्रावण २०८२, बुधबार १०:२७

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले आफ्नो चुक्ता पूँजी बराबरको हकप्रद शेयर ल्याउने भएको छ।

कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले सुर्के दूधकोशी जलविद्युत आयोजना १८८ मे.वा मा लगानी गर्न हकप्रद ल्याउने निर्णय गरेको हो।

समितिले हाल कायम चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँका दरले ३ करोड ६५ लाख ५९ हजार ४०० कित्ता हकप्रद ल्याउने निर्णय गरेको हो।

बैठकले १ कित्ता शेयर बराबर १ कित्ता थप शेयरका दरले हकप्रद ल्याउने निर्णय गरेको कम्पनी सचिव अस्मिता अधिकारीले जानकारी दिएकी छन्। यो निर्णय आगामी साधारण सभामा अनुमोदनका लागि पेश गरिने पनि बताएकी छन्।

1754397573491

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*