एलएस क्यापिटलका म्युचुअल फण्डहरूको लाभांश घोषणा

२१ श्रावण २०८२, बुधबार १०:४१

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (एलएस)ले म्युचुअल फण्डहरूको लाभांश घोषणा गरेको छ।

क्यापिटलको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो।

बैठकले लक्ष्मी उन्नती कोषका लागि २० प्रतिशत, सनराइज फोकस्ड ईक्विटी फण्डका लागि १३.५ प्रतिशत र सनराइज फर्स्ट म्युचुअल फण्डका लागि १४ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*