सानिमा रिलायन्स लाइफको ‘ब्राभो एनुअल कन्केभ २०८२’ सम्पन्न, उत्कृष्ट ब्रान्च म्यानेजर सम्मानित

२१ श्रावण २०८२, बुधबार १४:१२

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ‘ब्राभो एनुअल कन्केभ २०८२’ भव्य रुपमा सम्पन्न भएको छ । देशभरीका ब्रान्च म्यानेजरहरुको सहभागितामा पोखराको पोखरा ग्राण्डमा सम्पन्न भएको हो ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडियाले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा कम्पनीका सञ्चालक, उच्च तहका व्यवस्थापकसहित देशभरीका ब्रान्च म्यानेजरको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले सफलताका लागि नयाँ प्रविधि र नयाँ सोचलाई अपनाउनु पर्ने र नयाँ अभिकर्ताहरुको संख्या विस्तार कार्य तत्परताका साथ गर्नुपर्ने बताए । आफ्नो लक्ष्य प्राप्त गर्न र कम्पनीलाई नयाँ उचाईमा पुर्याउन हाम्रो परम्परागत कार्यशैली विधिहरूमा प्रभावकारी र नवीनतम तरिकाको प्रयोग गर्नुपर्ने कुरा ब्यक्त गरे । उनले ब्रान्च म्यानेजरको कार्यसम्पादनको खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कर्मचारीहरू कम्पनीका गहना र निधि भएकाले कम्पनीको सफलता पनि उनीहरूले गर्ने कार्य र योगदानमा निर्भर रहने बताए । कर्मचारीहरू आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्केर थप मेहनत गर्नुपर्ने र सो कुराले हामीलाई प्रतिस्पर्धात्मक बजारमा अग्र स्थानमा स्थापित गराउन मद्दत पुराउने कुरा उल्लेख गरे ।

 गत आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन तथा लक्ष्य हासिल गरेका विभिन्न शाखा कार्यालयहरुलाई सम्मान गरिएको छ । तिनदिनसम्म सञ्चालन भएको कार्यक्रममा ब्रान्च म्यानेजरहरुले विभिन्न अवार्डहरु हासिल गर्नुका साथै हौसला समेत पाएका छन् ।

कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डे, सिनियर डेपुटी सीईओ राकेश पोखरेल, डेपुटी सीईओ निराजन कडेल, चिफ बिजनेश अफिसर गुणराज श्रेष्ठ, सूर्यप्रसाद गुप्ता लगायत उत्कृष्ट ब्रान्च म्यानेजरहरुको सहभागिता रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*