बीमा प्राधिकरण गण्डकी प्रदेशले आज अभिकर्ताको परीक्षा सञ्चालन गर्दै
२१ श्रावण २०८२, बुधबार १२:०३

काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेशले आज जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ।
बीमा ऐनमा अभिकर्ताको परीक्षा लिएर पास भएकालाई मात्रै लाइसेन्स दिन सकिने व्यवस्था गरेसँगै समय–समयमा बीमा प्राधिकरणले परीक्षा सञ्चालन गर्दै आइरहेको छ।
यसैक्रममा गण्डकी प्रदेशले आज साउन २१ गते बुधबार दिउँसो ३ बजेदेखि ४ः३० बजेसम्म परीक्षा सञ्चालन गर्न लागेको हो।
यो परीक्षामा नेपाल भरबाट अभिकर्ता बन्न इच्छुकले भाग लिन पाउने प्राधिकरणले जनाएको छ। परीक्षामा उत्तीर्ण भएर लाइसेन्स पाएपछि मात्रै अभिकर्ताको हैसियतमा काम गर्न सकिनेछ।













