नयाँ डिजाइन, दमदार रेञ्ज: ओमोडा/जेकोको इलेक्ट्रिक एसयूभी जे-फाइभ नेपाली बजारमा

काठमाडौं । चेरी अटोमोबाइल ग्रुपको न्यू इनर्जी ब्राण्ड ओमोडा/जेकोले नेपाली बजारमा नयाँ विद्युतीय एसयूभी जे–फाइभ सार्वजनिक गरेको छ। नेपालका लागि ओमोडा/जेकोको आधिकारिक बिक्रेता एपीजी अटोमोबाइल्सले काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि सुरु भएको नाइमा मोबिलिटी एक्स्पोको अवसरमा उक्त गाडी सार्वजनिक गर्दै बिक्री प्रक्रिया सुरु गरेको हो।
सुरुआतमा कम्पनीले यसको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकेको छ, जुन नाइमा मोबिलिटी एक्स्पो अवधिभर मात्र लागू हुनेछ। एक्स्पोपछि भने यो गाडीको मूल्य ६० लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। नेपाली बजारमा विद्युतीय सवारी साधनप्रति चासो बढ्दै गइरहेका बेला कम्पनीले नयाँ डिजाइन, प्रविधि र परफरमेन्समा आधारित एसयूभी ल्याएको जनाएको छ।
जेको जे–फाइभमा ६०.९ किलोवाट आवरको एलएफपी ब्याट्री जडान गरिएको छ, जसले एक पटकको पूर्ण चार्जमा करिब ४६१ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। यसमा १५५ किलोवाट पिक पावर दिने मोटर राखिएको छ, जसले शहरी तथा राजमार्ग दुबै खालका यात्रामा शक्तिशाली प्रदर्शन दिन्छ। स्मार्ट डिजाइनमा तयार पारिएको यो एसयूभीको लम्बाइ ४३८० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६५० एमएम रहेको छ। यसमा २६२० एमएमको ह्वीलवेस र १८५ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ।
गाडीको इन्टेरियर पक्ष पनि विशेष आकर्षक छ। मिनिमल डिजाइनमा तयार पारिएको केबिनमा १३.२ इन्चको पोट्रेट टचस्क्रिन राखिएको छ। दुई टोन कलरको लेदर सिट र सफा ड्यासबोर्ड डिजाइले यसलाई थप प्रिमियम बनाएको छ। १.४५ वर्ग मिटरको ठूलो प्यानोरोमिक ग्लास रूफले यात्राको अनुभव अझ रमाइलो बनाउँछ। यसमा दिइएको इन्डिपेन्डेन्ट सस्पेन्सन सेटअपका कारण खराब बाटामा समेत सजिलो र सहज ड्राइभिङ अनुभव प्राप्त हुने कम्पनीको दाबी छ।
सामान बोक्नका लागि पनि गाडीमा पर्याप्त ठाउँ उपलब्ध छ। यसमा ४८० लिटरको बुट स्पेस दिइएको छ, जुन पछाडिको सिट फोल्ड गर्दा ११८० लिटरसम्म विस्तार गर्न सकिन्छ। सुरक्षाका लागि एडास लेभल टु फिचर उपलब्ध जे–फाइभमा एडाप्टिभ क्रूज कन्ट्रोल, अटोमेटिक इमेर्जेन्सी ब्रेकिङ, लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन जस्ता उच्चस्तरीय सुरक्षा फिचरहरू राखिएका छन्।
यसमा इन्टेलिजेन्ट क्लाइमेट कन्ट्रोल, रिमोट कन्ट्रोल फंक्शन, इन्टरनेटमार्फत सफ्टवेयर अपडेट हुने सुविधा, साथै सोनीको साउन्ड सिस्टम र इन–कार माइक जस्ता फिचरहरू पनि उपलब्ध छन्। यी सबै फिचरहरूले ओमोडा/जेको जे–फाइभलाई नेपाली विद्युतीय गाडी बजारमा छुट्टै पहिचान दिलाउने विश्वास कम्पनीले लिएको छ।













