ङादी ग्रुपको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

२१ श्रावण २०८२, बुधबार १५:०७

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २.३५ अंकले बढेर २८३६ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज ङादी ग्रुप पावरको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । कम्पनीको आज २९ करोड ४५ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ । बुधबार जम्मा सात अर्ब ६३ करोड रुपैयाँकोमात्र कारोबार भएको छ ।

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २८ करोड दुई लाख रुपैयाँ, शिवम् सिमेन्टको २४ करोड १९ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको २३ करोड ८४ लाख रुपैयाँको शेयर खरिख बिक्री भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*