लघुवित्तमा आकर्षण बढ्दै, विन नेपालसहित तीन कम्पनीमा सकारात्मक सर्किट
२१ श्रावण २०८२, बुधबार १५:१३

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २.३५ अंकले बढेर २८३६ को बिन्दुमा कायम भएको छ ।
बजार झिनो अंकले बढेसँगै तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन टे«ड टावर, विन नेपाल लघुवित्त र महुली लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज समाज लघुवित्त, स्वाभिमान लघुवित्त, सीवाइसी नेपाल लघुवित्त, उन्नति सहकार्य लघुवित्त लगायतका लघुवित्तहरुको शेयरमूल्यमा हरियाली छाएको छ ।














