स्वावलम्बन लघुवित्तले पुरानो १६ वटा आवको लाभांश लिन बोलायो शेयरधनी

२२ श्रावण २०८२, बिहीबार ०६:२२

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले पुरानो १६ वटा आर्थिक वर्ष (आव) को नगद लाभांश लिन बाँकी शेयरधनीलाई बोलाएको छ।

कम्पनीले आव ०६३/६४ र ०६५/६६ देखि ०७५/७६ सम्मको १२ वटा आवको साधारणसभाले पारित गरेको पाँच वर्षभन्दा पुरानो नगद लाभांश केही शेयरधनीले अझैसम्म नलिएकाले बोलाएको हो।

कम्पनीले त्यस्तो शेयरधनीलाई शेयर प्रमाणपत्रका साथै आफ्नो परिचयपत्र सहित अबको ३५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको शेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेडमा बोलाएको छ।

उक्त अवधिभित्र आफ्नो नगद लाभांश नलिएमा त्यस्ता शेयरधनीको लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जानकारी दिएको छ। लाभांश लिन बाँकी शेयरधनीको विस्तृतत विवरण कम्पनीको वेबसाइटमा प्रकाशित गरिएको पनि जनाएको छ।

यसका साथै आव ०७६/७७ देखि ०७९/८० सम्मको ४ वटा आवको लाभांश लिन बाँकी शेयरधनीले पनि एनआइएमबि एस क्यापिटलमा सम्पर्क गरी लिन सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*