पुरानो लाभांशको रकम फिर्ता लिन नेपाल एसबिआई बैंकले बोलायो शेयरधनी

२२ श्रावण २०८२, बिहीबार ०९:४६

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पुरानो नगद लाभांश लिन बाँकी शेयरधनीलाई बोलाएको छ।

बैंकले आव ०७५/७६ पछिको साधारणसभाले पारित गरेको लाभांश लिन बाँकी शेयरधनीलाई आवश्यक कागजात सहित बोलाएको हो। त्यस्ता शेयरधनीलाई बैंकले ठमेलस्थित शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिंग लिमिटेको कार्यालयमा बोलाएको छ।

बैंकले आथिर्क वर्ष ०५२/५३ देखि ०७५/७६ सम्मको नगद लाभांश लिन बाँकी तथा आईपीओ, एफीओ, हकप्रद शेयर र लिलामी शेयर बापतको रकम फिर्ता लिन बोलाउदा पनि नआएपछि त्यस्ता लगानीकर्ताको रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिसकिएको जानकारी दिएको छ।

पहिले अहिलेको जस्तो शेयर खरीदका लागि अनलाइनबाट आवेदन दिने र बैंक खातामै रकम फिर्ता आउने व्यवस्था थिएन। केहीले शेयरका लागि आवेदन दिएर रकम समेत बुझाएको तर हालसम्म शेयर नपरेको रकम फिर्ता लिन बोलाएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*