आयुर्वेदिक पेशाबाट जीवन बीमा क्षेत्रमा उदाएका नागेन्द्र श्रेष्ठको सफलता

काठमाण्डौं । जीवनमा कहिलेकाहीँ परिवर्तन त्यहाँबाट सुरु हुन्छ, जहाँ आफूले कल्पना पनि गरेको हुँदैन । यस्तै एक प्रेरणादायी कथाका पात्र बन्न सफल भएका छन्, आईएमई लाइफ इन्स्योरेन्सका अभिकर्ता नगेन्द श्रेष्ठ ।
कुनै समय आयुर्वेदिक कर्मीको रूपमा कार्यरत रहेका श्रेष्ठलाई जीवन बीमा क्षेत्रमा ल्याउने प्रेरक शक्ति थिइन् — उनकी जीवनसाथी मिना गुरुङ श्रेष्ठ । जबजस्ती जस्तै गरेर आइएमई लाइफमा भर्ना गराएकी मिनाकै आग्रहले सुरु भएको उनको यात्रा, आज लाखौं मानिसका लागि प्रेरणा बनेको छ ।
नगेन्द्र श्रेष्ठले बीमा क्षेत्रमा पाइला राख्दा न त भविष्यको ठोस योजना थियो, न त व्यवसायिक पृष्ठभूमि । तर थियो — दृढ संकल्प, निरन्तर प्रयास र पत्नीको विश्वास । चार वर्षको छोटो अवधिमा उहाँले असाधारण सफलता गरेका छन् ।
मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तिय क्षेत्रको पर्याप्त ज्ञानको उपयोगबाटै नगेन्द्रले आइएमई लाइफमा आबद्ध भएको छोटो अवधिमा नै लोभलाग्दो प्रगति गर्न सफल भएका हुन् ।
आयुर्वेद पेशामा आवद्ध भएर दैनिकी बिताइरेहका उनलाई बीमा अभिकर्ता बन्दै गर्दा सफल होला कि नहोला भन्ने भित्री डर त थियो तर, त्यो भन्दा ठूलो आँट, विश्वास र सफल भएरै छोड्ने दृढता थियो । त्यही दृढताले आज उनलाई आइएमई लाइफको व्यवसायीक तथा सफल एजेन्सी म्यानेजरको रुपमा आम जन समुदायले चिनेको छ।

आइएमई लाइफमा विगत ५ वर्षदेखि टीम व्यवसायमा नेपालकै टप अभिकर्ताको रुपमा स्थापित भएका छन् । उनले ३ पटक एमडीआरटी सदस्यता प्राप्त गर्न सफल भएका श्रेष्ठले आर्थिक वर्ष २०८१–८२ मा टिम व्यवसाय अन्तर्गत सात करोड ४२ लाख प्रथम बीमा शुल्क संकलन गरी आइएमई लाइफका सर्वोत्कृष्ट अभिकर्ता बनेका छन् ।
टी व्यवसायमा नेपाल टप बन्न सफल नगेन्द्र श्रेष्ठले खुशी हुदै भने, ‘सुरुमा मलाई बीमा व्यवसाय पटक्कै मन परेको थिएन। तर, मिना जीको विश्वासले मलाई नयाँ जीवन दिएको छ। अहिले म यो पेशालाई केवल पेशा होइन, सेवाको मिशन ठान्छु ।’
उनी आइएमई लाइफ इन्स्योरेन्सको अभिकर्ता मात्र नभएर आमा बुवाको लागि एक असल छोरा र श्रीमतीको लागि एक असल तथा जिम्मेवार श्रीमान बन्न सफल भएका छन् । ‘आफ्नो घरपरिवारसँग दुःख सुख विताउँदै कसैको करकाप सहनुनपर्ने र कुनै लगानी गर्नुनपर्ने, स्वतन्त्र रुपले गर्न सकिने पेशा अभिकर्ता पेशा हो । जसले मलाई यसमा आकर्षित बनाएको हो।’ उनी आफ्नो श्रीमतीको सल्लाह र साथले आज यो सफलता हासिल गरेको भन्दै गर्वका साथले भन्दै आएका छन् ।
घर परिवार र श्रीमतीको राम्रो साथ सहयोगले आइएमई लाइफमा चम्किरहेका श्रेष्ठ अभिकर्ता पेशाप्रति गौरवान्वित महशुस गरेको अनुभव सुनाउँछन् । उनी आइएमई लाइफको टीम व्यवसायमा सर्वाधिक व्यवसाय गर्ने उत्कृष्ट अभिकर्ता बन्न सफल भएका छन् ।

सफल अभिकर्ताका रुपमा परिचय बनाएका नगेन्द्र श्रेष्ठको जीवनले नागरिकहरुलाई जहाँ इच्छा छ, त्यहाँ बाटो अवश्य हुन्छ भन्ने कुराको पाठ सिकाएको छ । उनी भन्छन्, ‘ पृष्ठभूमि जे भए पनि, सोच सकारात्मक भयो भने तपाईं असम्भवलाई सम्भवमा बदल्न सक्नुहुन्छ ।’
उनले हरेक घर–परिवारलाई बीमा सुरक्षाको सन्देश दिँदै, समाजमा सुरक्षित भविष्य निर्माणको अभियान चलाउँदै आएका छन् । उनले चलाएको बीमा अभियानले बीमा गरेर जीवन रक्षावरण गर्न चाहने बीमितलाई त राहत मिलेकै छ ।
त्यसबाहेक कमजोर आर्थिक अवस्था भएका घरपरिवारका वस्तीमा पनि उनले चलाएको बीमा अभियानले बीमा सचेतना अभियान समेत विस्तार भएको छ । आम नागरिकको सेवा गरी बीमा सचेतना बढाउने र भविष्यमा बीमाको क्षेत्रको फराकिलो दायरा वृद्धि गर्दै अगाडि बढ्ने प्रतिवद्धता र आत्मविश्वास बढेको बताएका छन् ।














