उत्कृष्ट अभिकर्ताहरुलाई उत्साहित गर्दै सूर्यज्योति ‘स्टार एजेन्सी मिट २०८२’ भव्य रुपमा सम्पन्न

२२ श्रावण २०८२, बिहीबार १३:०१

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘स्टार एजेन्सी मिट २०८२ भव्य रुपमा सम्पन्न भएको छ। कम्पनीका उत्कृष्ट अभिकर्ताहरुको सहभागितामा नगरकोटमा रहेको होटल मिस्टिक माउण्टेनमा साउन १८ र १९ गते सहित दुई दिने कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा कम्पनीका अधक्ष्य, केशव प्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृत, प्रकाश बिक्रम खत्री लगाएत कम्पनीका उच्च व्यवस्थापनका कर्मचारीहरु र उत्कृष्ट कार्यसम्पादन गर्ने स्टार एजेन्सी म्यानेजर र चिफ एजेन्सी म्यानेजरहरुको उपस्थिति रहेको थियो। सूर्यज्योति लाइफले आफ्ना अभिकर्ताहरुको सीप तथा क्षमता अभिवृद्धि गर्नका लागि समय समयमा सीप तथा उत्प्रेरणा मूलक तालिमहरुको आयोजना गर्दै आएको छ।

 

आर्थिक वर्ष २०८१–८२ मा उत्कृष्ट कारोबार गर्न सफल भएका देशभरीका सर्वोत्कृष्ट एजेन्सीहरुलाई उक्त अवसरमा कम्पनीका चिफ बिजनेश अफिसर, फर्सुराम मरासिनीले व्यवसायिक समिक्षा र भावी रणनीतिु, चिफ बिजनेश अपरेशन, राजिव गुर्बाचार्यले जीवन बीमा व्यवसायको बृहत तालिम र तालिम तथा बिकाश बिभाग प्रमुख, उत्तम आचार्यले एजेन्सी संरचना सम्बन्धि बृहत तालिम प्रदान गरेका थिए। यस किसिमिका सीपमूलक तालिम पश्चात अभिकर्ताहरुले आवश्यक योजना र रणनीति सम्बन्धि मार्गदर्शन पूर्ण रुपमा प्राप्त गरेको बताए।

उक्त अवसरमा कम्पनीका अधक्ष्य भट्टराईले अभिकर्ताहरुको क्षमता अभिवृद्धिका लागि कम्पनि सदैव प्रयत्नशील रहेको साथै अभिकर्ताहरुको मेहनत,लगन र सकारात्मक व्यवसायिक गतिविधिले गर्दा नै सूर्यज्योति निरन्तर लक्ष्य हासिल गर्दै अघि बढिरहेको जसको सम्पूर्ण श्रेय अभिकर्ताहरुलाई नै जाने कुरा अधक्ष्य भट्टराईले व्यक्त गरे।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले जीवन बीमा क्षेत्रमा अग्रणी कम्पनीका रूपमा स्थापित गर्नका लागि ३ मूलमन्त्र अवलम्बन गर्नुपर्ने जसमा अभिकर्ताहरूले आफ्नो टिम विस्तार गर्नु, कर्मचारीहरूले उत्कृष्ट सेवा उपलब्ध गराउनु र कम्पनीले बीमितहरूका लागि दरिलो विश्वास दिलाएर अघि बढेको खण्डमा सफलता अवश्य हासिल हुने कुरा प्रस्ट पारे।

बीमित तथा अभिकर्ताहरुको सरल र सहजताका लागि नयाँनयाँ प्रविधिमैत्री सेवा विस्तार गर्दै लगेको र यसै अन्तर्गतको सूर्यज्योति ‘मोबाइल एप अभिकर्ता र बीमितहरूका लागि एकदमै उपयोगी भएको प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए।

जीवन बीमा क्षेत्रमा नेपालकै पहिलो ISO 9001-2015 Certified एकमात्र जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स बन्न सफल हुदै कम्पनीको हाल चु्क्ता पूँजी रु.५०१ करोड, कुल लगानी रु.४,६०० करोड, जीवन बीमाकोष रु.४,२०० करोड, नेटवर्थ रु. ६२८ करोड, जारी बीमालेख संख्या ३४ लाख, प्रशिक्षित अभिकर्ता संख्या १ लाख ३ हजार ७३८ र देशभर रहेका १७३ शाखा संजालद्वारा सेवा प्रदान गरी रहेकोछ। बीमा क्षेत्रमै सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनी सूर्यज्योति लाइफ बन्न पनि सफल भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*