लिबर्टी इनर्जीको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

२२ श्रावण २०८२, बिहीबार १५:०७

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २०.०८ अंकले बढेर २८५२ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै विभिन्न सेक्टरका ३१८ कम्पनीको शेयर खरिद–बिक्री हुदा आठ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ । जसमा लिबर्टी इनर्जी कम्पनीको ३९ करोड एक लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्टको ३६ करोड ९३ लाख रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको २३ करोड २८ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २२ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*