बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

२२ श्रावण २०८२, बिहीबार १५:२२

काठमाडौँ । गाईजात्राको अवसरमा बागमती प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरिएको छ । बागमती प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै आगामी आइतबार साउन २५ गते प्रदेशभर सार्वजनिक विदा हुने जनाएको हो ।

गाईजात्रा नेपालको परम्परागत सांस्कृतिक चाडहरूमध्ये एक महत्वपूर्ण पर्व हो, जसलाई विशेषगरी काठमाडौँ उपत्यकामा धूमधामसँग मनाइन्छ ।

यस निर्णयसँगै उक्त दिन बागमती प्रदेशका सबै सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सरकारी निकायहरू बन्द रहनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*