डोनाल्ड ट्रम्प र भ्यादिमिर पुटिनबीच भेटवार्ता गर्ने सहमति, युद्धअन्त्यले विश्व अर्थतन्त्र बुष्ट हुने संकेत

२२ श्रावण २०८२, बिहीबार १६:०३

काठमाडौं । अन्य कुनै अप्रिय अवस्था आएन भने आगामी केहीदिन भित्रैमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुनेछ । विश्वकै उच्चस्तरीय भेटवार्तामा युक्रेनमा जारी युद्ध अन्त्य मुख्य एजेण्डा हुने जनाइएको छ ।

मस्कोस्थित राष्ट्रपति पुटिनका सहयोगीको अवाला दिँदै बीबीसीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता हुने कुरा स्वीकार गरिएको जनाएको छ । उता, अमेरिकी राष्ट्रपति ट्रम्पले पनि युक्रेन युद्धबारे छलफल गर्न व्यक्तिगत भेटवार्ता हुनसक्ने अभिव्यक्ति दिएका छन् ।

अमेरिकाले रसियामाथि आगामी शुक्रबारभित्रमा युद्धविराम नभए कडा नाकाबन्दी लगाउने चेतावनी दिएको थियो । सो समयसीमा सकिनै लाग्दा यस्तो तथ्य बाहिर आएको हो । मस्कोस्थित क्रेमलिनका सहयोगी युरी उशाकोभलाई उध्रित गर्दै रसियाली सञ्चाल माध्यमले पनि राष्ट्रपति पुटिन र राष्ट्रपति ट्रम्पबीचमा भेटवार्ता हुने स्थान समेत सहमत भइसकेको जनाउँदै थप विवरण पछि बाहिर आउने जनाएका छन् ।

यस बर्षमात्रै अमेरिकी उच्च अधिकारीले चार पटक मस्को भ्रमण गरेर समस्याको समाधान निकाल्न खोज्दा समेत नसकेपछि विश्वकै दुई शीर्ष नेताका बीचमा हेड टु हेड छलफल हुन लागेको हो ।

उक्त छलफलबाट निकास निस्केमा युक्रेनमा जारी युद्ध अन्त्य हुनेछ । जसले विश्वभर अर्थतन्त्रमा नयाँ आशाको सञ्चार गरेको छ । अहिले विश्वअर्थतन्त्र युक्रेन र इजरायल प्यालेस्टाईन युद्धको मारमा परिरहेको छ । जसको प्रत्यक्ष असर नेपालजस्ता सानादेशहरुमा समेत परिरहेको छ । आकासिएको सुनको मूल्य, चर्को इन्धनको मूल्य घटाउन युक्रेन युद्धअन्त्यले ठूलो सहयोग गर्नेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*