प्रभु इन्स्योरेन्सको साधारणसभा आजः लाभांश पारित र हकप्रद संशोधन मुख्य एजेण्डा

२३ श्रावण २०८२, शुक्रबार ०७:२०

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको उनन्तीसौं वार्षिक साधारणसभा आज कोटेश्वर तिनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजेदेखि बस्दैछ।

सभाले शेयरधनीलाई चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर तिर्न ०.९४७४ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गर्नेछ।

साथै यसअघि ५०.१५ प्रतिशत हकप्रद शेयर ल्याउने निर्णय भएकोमा बोनस शेयर वितरणपछि चुक्ता पूँजी बढ्ने भएकाले त्यसलाई संशोधन गरी ४७ प्रतिशत हकप्रद शेयर ल्याउने प्रस्ताव पारित गर्नेछ।

यसका साथै आर्थिक वर्ष ०८०/८१ को वित्तीय विवरणहरू पारित गरी आव ०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले साउन २ गते नै एक दिनका लागि बुक क्लोज गरिसकेको छ। यसर्थ साउन १ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन् र लाभांश पनि पाउनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*